नियम ११
विवरण परिवर्तनको स्वीकृति लिनुपर्ने
(१) ऐनको दफा २७ बमोजिम विवरण परिवर्तन गर्न स्वीर्कातिको लागि राष्टिय खेल सङ्घ वा महासङ्घले सोको व्यहोरा उल्लेख गरी परिषद्मा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर परिषद्ले जाँचबुझ गर्दा विवरण परिवर्तन गर्न मनासिब देखिएमा अनुसूची-१ बमोजिमको विवरण परिवर्तनको लागि लाग्ने दस्तुर लिई त्यस्तो खेल सङ्घ वा महासङ्घलाई विवरण परिवर्तनको जानकारी दिनेछ।
(३) उपनियम (२) बमोजिम विवरण परिवर्तनको स्वीकृति प्रदान गरेपछि परिषद्ले त्यस्तो खेल सङ्घ वा महासङ्घ सम्बन्धी आफ्नो दर्ता अभिलेख: समेत अद्यावधिक गर्नु पर्नेछ।